Skip
आज : २०८३ आश्विन २२ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

एक दिवसीय विश्व वरीयतामा नेपाल १६औं स्थानमा

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ असोज, २२ गते


Advertisement

२२ असोज, काठमाडौं । आइसिसी एकदिवसीय विश्व वरीयतामा नेपाल १६औं स्थानमा छ । पुरुष एकदिवसीय वरीयतामा नेपाल एक स्थान उक्लिँदै १६औं स्थानमा छ ।

अन्तरराष्ट्रिय क्रिकेट परिषद् (आइसिसि) ले आज सार्वजनिक गरेको विविरणअनुसार नेपालले ३३ खेलमा ९३९ अंकसहित २८ रेटिङ प्राप्त गरेको छ । २४ खेलबाट नामिबियाले ६७६ अंक जोडेको छ। दुवै टोलीको समान २८ रेटिङ छ।

नेपालभन्दा अघि अमेरिका १५औँ स्थानमा छ । नेपालभन्दा पछाडि नामिबिया १७औँ स्थानमा छ । सूचीमा अन्य टोली यथावत् छन्। यसअघि नेपाल टी २० विश्व वरीयतामा १३औं स्थानमा उक्लिएको थियो ।


प्रतिकृया दिनुहोस्