Skip
आज : २०८३ आश्विन २५ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

कांग्रेस उपसभापतिमा चन्द्र भण्डारी र समावेशीतर्फ विनोद चौधरी अगाडि

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ असोज, २५ गते


Advertisement

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत पदाधिकारी चयनका लागि भइरहेको मतगणनामा खुला उपसभापतितर्फ चन्द्रकान्त भण्डारी र समावेशी उपसभापतितर्फ विनोद चौधरी अगाडि देखिएका छन्।

खुला महामन्त्रीतर्फ प्रदीप पौडेलले अग्रता कायम गरेका छन्।

प्राप्त मतपरिणामअनुसार खुला उपसभापतिमा भण्डारीले २१६ मत पाउँदा मधु आचार्यले १३९, गोविन्द भट्टराईले १२०, सुरेन्द्रराज पाण्डेले ११८, दीपक गिरीले ९६, धनराज गुरुङले ८६ र चन्द्रमोहन यादवले ४७ मत प्राप्त गरेका छन्।

त्यस्तै, समावेशी उपसभापतितर्फ विनोद चौधरीले १३० मतसहित अग्रता लिएका छन्। जीवन परियारले १०७, सीता गुरुङले ६३, फरमुल्लाह मंसुरले ५७ र रञ्जित कर्णले ३९ मत पाएका छन्। मतगणना जारी रहेकाले अन्तिम नतिजा आउन बाँकी छ।


प्रतिकृया दिनुहोस्