काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ।
गत शुक्रबारको तुलनामा आइतबार छापावाल सुनको मूल्य तोलामा ८०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । योसँगै आइतबार छापावाल सुनको मूल्य प्रतितोला २ लाख ९६ हजार ५०० रुपैयाँ पुगेको छ ।
शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला २ लाख ९५ हजार ७०० रुपैयाँ थियो ।
यस्तै, आइतबार चाँदीको मूल्य ३५ रुपैयाँले बढेर ४ हजार ४४० रुपैयाँ रहेको महासंघले जनाएको छ । गत शुक्रबार चाँदीको मूल्य ४ हजार ४०५ रुपैयाँ थियो ।






























