Skip
आज : २०८३ आश्विन २२ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

आज सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ किनबेच ?

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ असोज, २२ गते


Advertisement

२२ असोज, काठमाडौं । आज पनि सुनको मुल्य बढेको छ। चाँदीको मूल्यमा भने आज गिरावट आएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

सुनको भाउ आज तोलामा ५ सय रुपैयाँ बढेर २ लाख ९२ हजार ८ सय पुगेको हो।

बुधबार तोलामा ८ सय रुपैयाँ बढेर सुनको भाउ २ लाख ९२ हजार ३ सय कायम भएको थियो।

त्यसैगरी आज चाँदीको मूल्य भने घटेको छ। तोलामा ३५ रुपैयाँ घटेर चाँदीको भाउ आज ४ हजार ३ सय ९० रुपैयाँमा झरेको महासंघले जनाएको छ।

गएको माघ १५ गते सुनको भाउ तोलामा २० हजार पाँचसय रुपैयाँ बढेर तीन लाख ३९ हजार तीनसय रुपैयाँ पुगेको थियो। नेपाली बजारमा सुनको यो मूल्य हालसम्मकै सबैभन्दा उच्च हो।

त्यसैगरि गएको माघ १८ गते चाँदीको मूल्य तोलामा १५ सय ६५ रुपैयाँ घटेको थियो। चाँदीको मूल्यमा आएको यो गिरावट हालसम्मकै सबैभन्दा उच्च हो।

गएको माघ १५ गते चाँदीको भाउ तोलाको सात हजार ५०५ रुपैयाँ पुगेको थियो। चाँदीको यो मूल्य अहिलेसम्मकै सबैभन्दा बढी हो ।


प्रतिकृया दिनुहोस्