Skip
आज : २०८३ आश्विन २९ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

कांग्रेसको युवा केन्द्रीय सदस्यमा ७ जना निर्वाचित, सचिनलाई सर्वाधिक मत

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ असोज, २९ गते


Advertisement

२९ असोज, काठमाडौं । नेपाली कांग्रेसको ३५ वर्षमुनिको खुला केन्द्रीय सदस्यतर्फ सचिन तिमल्सेना सर्वाधिक मतसहित निर्वाचित भएका छन्।

केन्द्रीय निर्वाचन समितिले सार्वजनिक गरेको अन्तिम नतिजाअनुसार सचिनले ३ हजार १५६ मत प्राप्त गरेका छन्।

यस्तै इन्जिनियर अभिषेक आत्रेय २ हजार ८१३, आदर्श मल्ल २ हजार ५६०, डा।आयुश बगाले २ हजार ५७५ इन्जिनियर रोशन बस्नेत २ हजार २७१, सुशील भट्ट २ हजार ७८३ र इन्जिनियर शैलेश मिश्र २ हजार १३३ मतका साथ केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् ।

यस क्लस्टरका सात पदका लागि २७ जनाले उम्मेदवारी दिएका थिए।


प्रतिकृया दिनुहोस्