२९ असोज, काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट मो फिरदोस आलम मधेशी क्लस्टरतर्फ सहमहामन्त्रीमा निर्वाचित भएका छन्।
रौतहट–२ बाट २९ हजार ५२८ मतसहित प्रतिनिधिसभा सदस्यमा निर्वाचित फिरदोस कांग्रेसका पुराना नेता मोहम्मद अफताब आलमका छोरा हुन्।
उनका निकटतम प्रतिस्पर्धी किरणकुमार साहले १८ हजार ४४२ मत प्राप्त गरेका थिए।
फिरदोसका पिता अफताब आलम रौतहटको बम विस्फोट तथा हत्याकाण्ड प्रकरणका कारण चर्चामा आएका थिए।
उक्त मुद्दामा जिल्ला अदालतबाट जन्मकैदको सजाय पाएका आलमलाई उच्च अदालत जनकपुरको वीरगञ्ज इजलासले सफाइ दिएको थियो। उनको २०८२ कात्तिकमा उपचारका क्रममा निधन भएको थियो।































