काठमाडौं । स्थानीय बजारमा आज सुनको मूल्य एक हजार १०० र चाँदीको मूल्य २२० रुपैयाँ घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज विहीबार छापावाल सुन प्रतितोला दुई लाख ८८ हजार ४०० र चाँदीको मूल्य रु चार हजार ३५ कायम रहेको छ ।
बुधबार छापावाल सुन प्रतितोला दुई लाख ८९ हजार ५०० र चाँदीको मूल्य चार हजार २५५ रुपैयाँ थियो ।































