Skip
आज : २०८३ आश्विन ३० गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

दसैँमा चार दिन उपत्यकाको फोहोर नउठ्ने, महानगरको यस्तो आग्रह

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ असोज, ३० गते


Advertisement

काठमाडौं । काठमाडौं महानगरपालिकाले कात्तिक १ गतेदेखि ४ गतेसम्म उपत्यकाको अन्तिम फोहोर व्यवस्थापनस्थल बञ्चरेडाँडामा फोहोर व्यवस्थापन कार्य प्रभावित हुने जानकारी दिएको छ ।

कामपाका अनुसार १ देखि ४ गतेसम्म दसैँको मुख्य दिन परेकाले सफाइ कर्मचारीहरू पनि पर्व मनाउन जाने हुँदा फोहोर व्यवस्थापन प्रभावित हुनेछ ।

कात्तिक १ गतेदेखि ४ दिनसम्म उत्पादन भएको फोहोरलाई कुहिने र नकुहिने वर्गमा वर्गीकरण गरी छुट्टाछुट्टै राख्न पनि कामपा वातावरण व्यवस्थापन विभागका प्रमुख सरिता राईले आग्रह गरेकी छन् ।

“आफ्नो घर, कार्यालय तथा व्यवसायबाट उत्पादन हुने फोहोरलाई जथाभावी सडक र सार्वजनिक स्थानमा नफाली आफ्नै घर, कम्पाउन्डमा व्यवस्थापन गर्नुहोला,” उनले भनेकी छन् ।

उक्त मितिबाहेक अन्य दिन नियमित रूपमा फोहोर व्यवस्थापन हुने कामपाले जनाएको छ ।


प्रतिकृया दिनुहोस्