Skip
आज : २०८३ आश्विन २८ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोड रुपैयाँ जम्मा

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ असोज, २८ गते


Advertisement

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा गरी १७ अर्ब ७५ करोड ७५ लाख रुपैयाँभन्दा बढी मौज्दात रहेको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार कोषका विभिन्न खातामा हालसम्म उक्त रकम जम्मा भएको हो।

रसुवाको भोटेकोसी बाढीपछि कोषमा सहयोग आउने क्रम जारी छ।

कार्यालयका अनुसार नौवटा वाणिज्य बैंकमा रहेको कोषको मौज्दात १३ अर्ब २३ करोड ११ लाख रुपैयाँभन्दा बढी छ।

त्यस्तै, हिमालयन बैंक र लक्ष्मी सनराइज बैंकका खातामा २ करोड ९७ लाख ४७ हजार अमेरिकी डलर रहेको छ।

 


प्रतिकृया दिनुहोस्