२६ असोज, काठमाडौं । स्थानीय बजारमा सुनचाँदीको मूल्य घटेको छ । आज सुनको मूल्य तोलामा दुई हजार १०० रुपैयाँ घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस दिन सुन तोलामा दुई लाख ९४ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार प्रतितोला दुइृ लाख ९६ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, चाँदीको मूल्य तोलामा २५ रुपैयाँ घटेको छ । चाँदी प्रतितोला चार हजार ४१५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।






























