२६ असोज, काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट उपसभापतिमा निर्वाचित डा. चन्द्र भण्डारीले आफूलाई अमूल्य मत दिएर विश्वास गर्ने महाधिवेशन प्रतिनिधि तथा शुभेच्छुकहरूप्रति आभार व्यक्त गरेका छन्।
निर्वाचित भएपछि धन्यवाद व्यक्त गर्दै भण्डारीले आफूले प्राप्त गरेको विश्वासको सम्मान गर्दै त्यसको शिर कहिल्यै झुक्न नदिने प्रतिबद्धता जनाएका छन्।
सधैँ ‘म’ होइन, ‘हामी’ र ‘हाम्रो’ भन्ने भावनाका साथ अघि बढ्ने उल्लेख गर्दै उनले सामूहिक एकता र सहकार्यलाई प्राथमिकता दिने बताएका छन्।
उनले आफूलाई विश्वास गरेर मत दिने सम्पूर्ण प्रतिनिधि तथा शुभेच्छुकहरूप्रति धन्यवाद व्यक्त गरेका छन् ।
































