Skip
आज : २०८३ आश्विन २६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

बूढीगण्डकी बाढीले ४ जलविद्युत् आयोजनामा क्षति

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ असोज, २६ गते


Advertisement

काठमाडौं । बूढीगण्डकी नदीमा आएको बाढीले चारवटा जलविद्युत् आयोजनामा क्षति पुगेको छ ।

आइतबार बिहान बूढीगण्डकी नदीमा आएको बाढीका कारण आयोजनाको क्याम्प क्षेत्र, बेलीब्रिज, निर्माण सामग्री तथा उपकरण र पहुँच सडकमा क्षति पुगेको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार, बूढीगण्डकी करिडोरमा रहेका ३४१ मेगावाट क्षमताको बूढीगण्डकी, २४ दशमलव पाँच मेगावाटको दोभान खोला, ३० दशमलव ५९ मेगावाटको यारखोला र १६ मेगावाट क्षमताको माछा खोला जलविद्युत् आयोजनामा क्षति पुगेको हो ।

बूढीगण्डकी जलविद्युत् आयोजना प्रवर्द्धक टाइम्स इनर्जी प्रालिका अनुसार, आयोजनाको मुख्य क्याम्प क्षेत्र बगाएको छ भने केही निर्माण उपकरण बाढीले बगाएको छ ।

यस्तै, दोभान खोला जलविद्युत् आयोजनाअन्तर्गत क्याम्प क्षेत्रका केही घरमा क्षति पुगेको छ । आयोजनाका लागि निर्माण गरिएको बेलीब्रिज बाढीले बगाएको छ ।

त्यसैगरी, यार खोला जलविद्युत् आयोजना अन्तर्गतको बेलीब्रिजमा क्षति पुगेको छ भने निर्माण सामग्री तथा उपकरणसमेत बाढीले बगाएको मन्त्रालयले जनाइएको छ ।

यस्तै, माछा खोला जलविद्युत् आयोजनास्थल पुग्ने पहुँच सडक र आयोजनास्थल जोड्ने पुलमा क्षति पुगेको छ ।

बाढीका कारण जलविद्युत् आयोजनाका भौतिक संरचना र निर्माणकार्यमा परेको क्षतिको पूर्ण विवरण तथा आर्थिक नोक्सानीको यकिन विवरण संकलन भइनसकेको मन्त्रालयले जनाएको छ ।


प्रतिकृया दिनुहोस्