काठमाडौं । साउदी अरेबियाको राष्ट्रिय तेल कम्पनी अरामकोको धरानस्थित मुख्यालयमा मिसाइल प्रहार हुँदा एक भवनमा आगलागी भएको छ।
साउदी अधिकारीका अनुसार आगो नियन्त्रणमा लिइएको छ भने मानवीय क्षति भएको छैन।
रोयटर्सका अनुसार ब्यालिस्टिक मिसाइल कार्यालय भवनको माथिल्लो तलामा ठोक्किएको थियो। आक्रमणको जिम्मेवारी यमनका हुथी विद्रोहीमाथि लगाइएको छ।
यसअघि हुथीहरूले साउदीका तेल पूर्वाधारलाई निशाना बनाउने चेतावनी दिएका थिए। यमनमा हुथी नियन्त्रित क्षेत्रमा रहेका इन्धन केन्द्र खाली गर्न दिइएको आदेशपछि तनाव थप चर्किएको हो।






























