२८ असोज, काठमाडौं । नेपाली कांग्रेसको खुला केन्द्रीय सदस्यतर्फको मतगणनामा चिरिबाबु महर्जनले अग्रता कायम राखेका छन्।
आज बिहानसम्म २ हजार ६ सय मत गणना हुँदा महर्जनले २ हजार ९ मत पाएका छन्।
निश्कल राई १ हजार ९४१ मतसहित दोस्रो स्थानमा रहँदा डा।गोविन्दराज पोखरेलले १ हजार ७४९, इन्द्रबहादुर बानियाँले १ हजार ७०१ र जितनारायण श्रेष्ठले १ हजार ६४२ मत प्राप्त गरेका छन्।
त्यस्तै , मोहन आचार्यले १ हजार ५६३ र प्रवल थापाले १ हजार ५३८ मत पाएका छन्।
राजिव कोइराला १४ सय ७२, हिमाल दत्त श्रेष्ठ १४ सय ६० र गणेश लामाले १४ सय २९ मत पाएका छन् ।
कांग्रेसको खुला केन्द्रीय सदस्यतर्फ ४५ जना निर्वाचित हुनेछन्।































