काठमाडौं । नेपाली कांग्रेसका नवनिर्वाचित उपसभापति विनोद चौधरीले अब पार्टीको मुख्य प्राथमिकता आर्थिक रूपान्तरण हुनुपर्ने बताएका छन्।
१५औँ महाधिवेशनबाट निर्वाचित भएपछि प्रतिनिधिहरूलाई धन्यवाद दिँदै भिडियो सन्देशमार्फत उनले युवा पुस्ताको चाहनाअनुसार देश निर्माणमा केन्द्रित हुने बताएका हुन्।
चौधरीले जेनजी आन्दोलनलाई युवाको मात्रै नभई समग्र समाजमा रहेको परिवर्तनको चाहनाको अभिव्यक्ति भएको उल्लेख गरे। उनले प्रविधिमैत्री कार्यप्रणाली, नीतिको प्रभावकारी कार्यान्वयन र लगानीमैत्री वातावरण निर्माणमा जोड दिएका छन्।
उनले नेपालभित्र र विदेशमा रहेका नेपालीले चाहेजस्तो समुन्नत देश बनाउन आफू प्रतिबद्ध रहेको बताए।






























