Skip
आज : २०८३ आश्विन २८ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

ओमानलाई ११३ रनले पछार्दै नेपालले निकाल्यो शानदार जित

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ असोज, २७ गते


Advertisement

काठमाडौं । आईसीसी पुरुष विश्वकप लिग–२ अन्तर्गत नेपालले ओमानलाई ११३ रनले हराएको छ।

आज भएको खेलमा नेपालले दिएको २६४ रनको लक्ष्य पछ्याएको ओमान १५० रनमै अलआउट भयो।

नेपालले निर्धारित ओभरमा ८ विकेट गुमाएर २६३ रन बनाएको थियो। रोहित पौडेलले सर्वाधिक ६१ रन बनाए भने अर्जुन कुमालले ४०, बसिर अहमदले ३७ र करण केसीले आक्रामक ब्याटिङ गर्दै १६ बलमा ४० रन जोडे।

ओमानका कप्तान विनायक शुक्लाले ७७ रन बनाए पनि टोलीलाई जिताउन सकेनन्। नेपालको बलिङमा नन्दन यादव र सन्दीप लामिछानेले ३–३ विकेट लिए भने दीपेन्द्रसिंह ऐरीले २ विकेट झारे।

जितसँगै नेपालले ३४ खेलबाट २८ अंक जोडेको छ। नेपाल अंकतालिकाको छैटौँ स्थानमा छ भने ३३ अंकसहित ओमान चौथो स्थानमा छ।


प्रतिकृया दिनुहोस्