Skip
आज : २०८३ आश्विन २९ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

कालीमाटीमा आज आलु, प्याज, बन्दा र भन्टाको भाउ घट्दा काउली महँगियो

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ असोज, २८ गते


Advertisement

२८ असोज, काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज लागि तरकारी तथा फलफूलहरूको मूल्य सूची सार्वजनिक गरेको छ।

कालीमाटीमा आज आलु, प्याज, बन्दा, भन्टासहितका तरकारीको भाउ केही घटेको छ। तर, काउलीसहितका केही तरकारीको भाउ भने बढेको समितिले जनाएको छ। कतिपय तरकारी भने हिजो अस्तीकै मूल्यमा किनबेच भइरहेको छ।

कालीमाटीमा सबैखालो गोलभेँडाको मूल्य ७५ रुपैयाँ छ।

त्यसैगरी रातो आलु लाम्चो ५५, भारतीय सुकेको प्याज ८२, लोकल गाँजर ११०, लोकल बन्दा ५०, स्थानीय काउली ११०, हाइब्रिड मुला ५५, लाम्चो भन्टा ६५, डल्ले भन्टा ७५ रुपैयाँ प्रतिकिलो छ।

त्यसैगरि तने बोडी १३५, मकै बोडी ११०, करेला १२५, लौका ८५, लोकल परबल ९५, घिरौँला ११०, हरियो डल्ले फर्सी ७५, पाकेको फर्सी ६५, भिन्डी ९५, स्कुस २५, रायो र पालुंगोको साग १२५, कन्य च्याउ २८०, डल्ले च्याउ ५७५, कुरिलो ७५०, न्यूरो ९५, ब्रोकाउली २२५ रुपैयाँ प्रतिकिलो छ।

यो सबै कालीमाटीको थोक बजारको मूल्य सूची हो। खुद्रा बजारमा यी सबै जसो तरकारीको मूल्य निकै बढी छ।

कालीमाटीमा हिजो ठूलो नेपाली र ठूलो भारतीय दुवै गोलभेँडाको मूल्य समान ७५ रुपैयाँ थियो।

त्यसैगरी सानो लोकल गोलभेँडा ६५, रातो आलु लाम्चो ५७, भारतीय सुकेको प्याज ८३, लोकल गाँजर ११०, लोकल बन्दा ५५, स्थानीय काउली ९६, हाइब्रिड मुला ५५, लाम्चो भन्टा ७५, डल्ले भन्टा ८५ रुपैयाँ प्रतिकिलो थियो।

त्यसैगरि तने बोडी १२८, मकै बोडी ११०, करेला १२५, लौका ९५, लोकल परबल ९५, घिरौँला ९५, हरियो डल्ले फर्सी ७५, पाकेको फर्सी ६५, भिन्डी ९५, स्कुस २५, रायो र पालुंगोको साग १२५, कन्य च्याउ २८०, डल्ले च्याउ ५७५, कुरिलो ७५०, न्यूरो ९५, ब्रोकाउली २२५ रुपैयाँ प्रतिकिलो थियो ।


प्रतिकृया दिनुहोस्