२८ असोज, काठमाडौं । काभ्रेमा दसैँलाई लक्षित गर्दै असोज ३१ देखि कात्तिक ९ गतेसम्म टिपर चलाउन नपमइने भएको छ।
जिल्ला प्रशासन कार्यालयका अनुसार फूलपातीदेखि पूर्णिमासम्म लागू हुने यो निर्णय बीपी र अरनिको राजमार्गसहित जिल्लाभरका सडकमा लागु हुनेछ।
दसैँमा सवारी चाप बढ्ने भएकाले दुर्घटनाको जोखिम घटाउन र यात्रुलाई सुरक्षित आवागमनको व्यवस्था मिलाउन रोक लगाइएको हो।
प्रशासनले तोकिएको अवधिमा टिपर नचलाउन सम्बन्धित सबैलाई अनुरोध गरेको छ।
































