काठमाडौं । यस वर्षको मनसुन आजदेखि नेपालका सबै भूभागबाट बाहिरिएको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुन सरदर मितिभन्दा १२ दिन ढिलो गरी बाहिरिएको हो।
यस वर्ष असार ५ गते नेपाल भित्रिएको मनसुन असोज २८ गते पूर्ण रूपमा बाहिरिएको हो। मौसमविद्का अनुसार आगामी केही दिन मौसम सामान्यतया घमाइलो रहनेछ।
पहाडी क्षेत्रका एक–दुई स्थानमा भने छिटपुट वर्षा हुन सक्ने अनुमान छ। समग्रमा दसैँमा मौसम अनुकूल रहने सम्भावना छ।































