काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले नेपाल प्रहरी अस्पताललाई मेडिकल कलेजका रूपमा विकास गर्ने सरकारको योजना रहेको बताएका छन्।
७१औँ प्रहरी दिवस, २०८३ का अवसरमा नेपाल प्रहरी प्रधान कार्यालय, नक्सालमा आयोजित कार्यक्रममा शुभकामना सन्देश दिँदै उनले प्रहरी कर्मचारी, तिनका परिवार तथा सर्वसाधारणलाई स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले यस्तो योजना अघि बढाइएको बताएका हुन्।
प्रधानमन्त्री शाहले नेपाल प्रहरीलाई विपद् व्यवस्थापनमा सक्षम बनाउन आधुनिक तालिम, प्रविधि र पूर्वाधार विकासलाई प्राथमिकता दिइएको बताए।
उनले वित्तीय तथा साइबर अपराध नियन्त्रणका लागि राष्ट्र बैंक, इन्टरनेट तथा टेलिकम सेवाप्रदायक र डिजिटल वालेटसँग सहकार्य गरी नागरिकका गुनासा सम्बोधन गर्ने व्यवस्था गरिँदै गरेको जानकारी दिए।































