जनकपुरधाम । नेकपा एमालेले मधेश प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ।
सरकार सञ्चालनका लागि भएको १५ बुँदे समझदारी कार्यान्वयन नभएको भन्दै एमालेले समर्थन फिर्ता लिने निर्णय गरेको हो।
समर्थन फिर्तासँगै एमालेबाट सरकारमा सहभागी चार मन्त्रीले पनि सामूहिक राजीनामा दिएका छन्।
राजीनामा दिनेमा भौतिक पूर्वाधार विकासमन्त्री मोहम्मद समिर, खेलकुद तथा समाज कल्याणमन्त्री लखन दास तत्मा, श्रम तथा यातायातमन्त्री शारदा देवी थापा र शिक्षा तथा संस्कृतिमन्त्री मनोजकुमार सिंह रहेका छन्।
एमालेले पटक–पटक ध्यानाकर्षण गराउँदा पनि सहमति कार्यान्वयन नभएको र सरकारको काम प्रभावकारी हुन नसकेको जनाएको छ।































