सुनसरी। इनरुवा नगरपालिका–४ ज्ञानोदय टोलबाट ९१५ किलो गाँजासहित चारजना पक्राउ परेका छन् ।
उक्त टोलको हनुमान् मन्दिरनजिकस्थित बुलबुल यादवको घरमा आइतबार बिहान खानतलासीमा उक्त परिमाणको गाँजा फेला परेको जिल्ला प्रहरी कार्यालयका सहायक सूचना अधिकारी हेमराज ओलीले बताए ।
इनरुवा नगरपालिका–४ का ३६ वर्षीय बुलबुल यादव, २३ वर्षीय सन्तोष यादव र ३० वर्षीय आशिष यादव तथा दुहबी नगरपालिका–१० का २२ वर्षीय कुन्दन यादवलाई एक थान मोटरसाइकलसमेत नियन्त्रणमा लिइएको































