काठमाडौं । चीनसँगको उत्तरी व्यापारिक नाका तातोपानी आजदेखि तीन दिनका लागि सञ्चालनमा आउने भएको छ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार कात्तिक १ देखि ३ गतेसम्म नाका खुला रहनेछ।
यस अवधिमा मालवाहक सवारीसाधनलाई मात्रै आवतजावतको अनुमति दिइएको मन्त्रालयले जनाएको छ।
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहका अनुसार नेपाली पक्षको आग्रहपछि चिनियाँ पक्ष नाका अस्थायी रूपमा खोल्न सहमत भएको हो।
नाका सञ्चालनमा आएसँगै नेपाल–चीनबीचको व्यापारिक गतिविधि सहज हुने र चाडपर्वका बेला आवश्यक वस्तुको आपूर्ति व्यवस्थापनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।































