Skip
आज : २०८३ आश्विन ३१ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

माछापोखरीमा मध्यराति झगडा, २० वर्षीय युवकको मृत्यु

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ असोज, ३१ गते


Advertisement

काठमाडौं। काठमाडौंको माछापोखरी चोकमा दुई युवाबीच भएको झगडाले दुःखद रूप लिएको छ ।

विवादका क्रममा लडेर अचेत भएका २० वर्षीय सुवाश तामाङको उपचारका क्रममा मृत्यु भएको छ।

प्रहरीका अनुसार असोज ३१ गते राति करिब १२ बजे काठमाडौं महानगरपालिका–१६ स्थित माछापोखरी चोकको सडकमा दुई युवकबीच विवादपछि झगडा भएको थियो।

घटनामा कञ्चनपुरको कृष्णपुर नगरपालिका–७ घर भई हाल काठमाडौंको बल्खुमा बस्दै आएका २० वर्षीय अर्जुन ताम्राकार र नुवाकोटको पञ्चकन्या गाउँपालिका–४ घर भई हाल तारकेश्वर नगरपालिका–९, मनमैजुमा बस्दै आएका २० वर्षीय सुवाश तामाङ संलग्न थिए।

झगडाका क्रममा लडेर अचेत अवस्थामा फेला परेका सुवाशलाई तत्काल बालाजुस्थित सिल्भरलाइन अस्पताल पुर्‍याइएको थियो। तर, उपचारकै क्रममा दिउँसो १ः३० बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।

घटनापछि प्रहरी वृत्त बालाजुबाट खटिएको टोलीले कुटपिटमा संलग्न रहेको आरोपमा अर्जुन ताम्राकारलाई नियन्त्रणमा लिएको छ। घटना कसरी भयो र युवकको मृत्युको वास्तविक कारण के हो भन्ने विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।


प्रतिकृया दिनुहोस्