३० असोज, काठमाडौं । भारतले वरिष्ठ कूटनीतिज्ञ सुधाकर दलेलालाई नेपालका लागि नयाँ राजदूत नियुक्त गरेको छ। भारतीय विदेश मन्त्रालयका अनुसार उनी छिट्टै नेपाल आएर जिम्मेवारी सम्हाल्नेछन्।
भारतीय विदेश सेवामा सन् १९९३ मा प्रवेश गरेका दलेलाले यसअघि भुटानका लागि राजदूत तथा भारतको विदेश मन्त्रालयमा आर्थिक सम्बन्ध सचिवका रूपमा काम गरिसकेका छन्।
नेपाल र भुटान मामिलामा अनुभवी उनी नेपालका लागि भारतको २७औँ राजदूत बनेका हुन्।
यसअघि राजदूत रहेका नवीन श्रीवास्तव कार्यकाल पूरा गरी अक्टोबर १ मा भारत फर्किएका थिए।































