Skip
आज : २०८३ कार्तिक १ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

पार्टीभन्दा व्यक्ति ठूलो होइन, चुकेँ भने तुरुन्तै सभापतिबाट हटाउनुहोस् : गगन थापा

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ असोज, ३१ गते


Advertisement

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको नेतृत्वलाई पद र प्रतिष्ठाभन्दा जिम्मेवारीसँग जोड्दै आफ्ना कमजोरीको जवाफदेहिता आफैँ लिने बताएका छन्।

आज सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा शपथग्रहणपछि सम्बोधन गर्दै थापाले आफ्नो कार्यशैली वा निर्णयमा गल्ती देखिए पार्टीले आफूलाई नेतृत्वबाट हटाउन सक्ने स्पष्ट सन्देश दिएका छन् ।

कुनै व्यक्तिका कारण कांग्रेसले बदनामी बेहोर्नुपर्ने अवस्था आउन नहुने उनको धारणा थियो।

लाखौँ नेता तथा कार्यकर्ताको योगदानबाट बनेको पार्टीलाई व्यक्तिको गल्तीको बोझ बोकाउनु उचित नहुने उल्लेख गर्दै उनले व्यक्तिगत, पारिवारिक र आर्थिक जीवनमा समेत जिम्मेवार रहने प्रतिबद्धता जनाए।

सभापति थापाले देशमा अवसरको अभावका कारण युवाहरू विदेशिनुपर्ने अवस्थालाई पनि गम्भीर चुनौतीका रूपमा प्रस्तुत गरेका छन् ।

युवाले आफ्नै देशमा सम्मानपूर्वक बाँच्न सक्ने वातावरण बनाउन कांग्रेसले इमान्दार पहल गर्नुपर्ने उनको भनाइ थियो।

पार्टीभित्रको असन्तुष्टि सम्बोधन गर्ने जिम्मेवारी आफूले लिने बताउँदै उनले अब गुनासोमा मात्र सीमित नभई एकताबद्ध भएर अघि बढ्न नेता–कार्यकर्तालाई आग्रह गरे।


प्रतिकृया दिनुहोस्