Skip
आज : २०८३ आश्विन ३१ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

परदेशमा चाड मनाउन बाध्य नेपालीको पीडा बदल्ने बालेनको विश्वास

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ असोज, ३१ गते


Advertisement

३१ असोज, काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह ९बालेन० ले बडादसैँको अवसरमा सम्पूर्ण नेपालीलाई सुख, शान्ति, आरोग्य र समृद्धिको शुभकामना व्यक्त गरेका छन्।

दसैँले नेपालीबीच एकता, आत्मीयता र सांस्कृतिक सद्भाव बलियो बनाउने उल्लेख गर्दै उनले चाडपर्वले परिवार तथा आफन्तबीचको सम्बन्धलाई थप प्रगाढ बनाउने बताएका छन्।

उनले भूकम्प, कोरोना महामारी, जेनजी आन्दोलनपछिको तनावपूर्ण अवस्था र पछिल्लो समय रसुवा, नुवाकोट तथा गोरखालगायतका क्षेत्रमा भएका विपद्का घटनालाई स्मरण गर्दै ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली र शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेका छन्।

साथै, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै विस्थापित नागरिकको पुनःस्थापनामा सरकारले काम गरिरहेको बताएका छन्।

दसैँलाई असत्यमाथि सत्य र आसुरी प्रवृत्तिमाथि दैवी शक्तिको विजयको प्रतीकका रूपमा व्याख्या गर्दै उनले काम, क्रोध, लोभ, ईर्ष्या र अहङ्कारजस्ता दुर्गुणमाथि विजय प्राप्त गर्नुपर्नेमा जोड दिएका छन्।

विदेशिने बाध्यताका कारण चाडपर्वमा परिवारसँग भेट्न नपाउने नेपालीहरूको पीडाप्रति पनि उनले चिन्ता व्यक्त गरेका छन्।

देशभित्रै रोजगारी र आर्थिक समृद्धिको अवसर विस्तार गर्नुपर्ने सन्देश दिँदै आर्थिक अभावका कारण दसैँ कसैका लागि बोझ बन्न नहुने बताएका छन् ।

देशलाई सुशासन र समृद्धिको बाटोमा अघि बढाउन सरकार प्रतिबद्ध रहेको उल्लेख गर्दै उनले सबैलाई सत्यको मार्गमा हिँड्न र सभ्य तथा भव्य रूपमा दसैँ मनाउन आग्रह गरेका छन्।

अन्त्यमा उनले माता दुर्गाभवानीले सबैको रक्षा गरून् भन्दै सम्पूर्ण नेपालीको सुख, शान्ति र समृद्धिको कामना गरेका छन्।


प्रतिकृया दिनुहोस्