३१ असोज, काठमाडौं । जनआस्थाका प्रधान सम्पादक किशोर श्रेष्ठलाई प्रहरीले पुनः पक्राउ गरेको छ।
साइबर ब्युरोको टोलीले आज बिहान ललितपुरको नक्खुस्थित निवासबाट उनलाई नियन्त्रणमा लिएर ब्युरो लगेको हो।
रास्वपाका केन्द्रीय सदस्य तथा कमेडियन हिमेश पन्तले जनआस्थामा प्रकाशित समाचारले आफ्नो चरित्र हत्या गरेको भन्दै दिएको उजुरीका आधारमा श्रेष्ठलाई छलफलका लागि लगिएको प्रहरीले जनाएको छ।
यसैबीच, एमाले उपमहासचिव योगेश भट्टराईले श्रेष्ठको गिरफ्तारीलाई प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप भन्दै उनलाई तत्काल रिहा गर्न माग गरेका छन्।































