Skip
आज : २०८३ आश्विन ३१ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

दसैंमा तीन नेपाली फिल्मको भिडन्त, ‘छ माया छपक्कै २’ पनि हलमा

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ असोज, ३१ गते


Advertisement

काठमाडौं । फूलपातीको अवसर पारेर शनिबारदेखि नेपाली फिल्म ‘छ माया छपक्कै २’ प्रदर्शनमा आएको छ।

दसैंको बिदालाई लक्षित गर्दै प्रदर्शनमा आएको फिल्मले हलमा अन्य दुई नेपाली फिल्मसँग प्रतिस्पर्धा गर्नेछ।

दीपेन्द्र लामाको निर्देशनमा बनेको रोमान्टिक–कमेडी फिल्ममा दीपकराज गिरी, दीपाश्री निरौला, केकी अधिकारी, सनिशा भट्टराई, कर्मा शाक्य, रिहान गिरी, प्रकाश घिमिरे, रमा थपलिया, निर्मल शर्मा, मेक्सम गौडेल र रविन्द्र झालगायत कलाकारको अभिनय छ।
सामाजिक विषयवस्तु, प्रेम र हास्यलाई समेटिएको फिल्मको अवधि २ घण्टा ३७ मिनेट रहेको छ। फिल्मका निर्माता रोहित अधिकारी हुन् भने कार्यकारी निर्मातामा निर्मल शर्मा र सुरज बम ठकुरी छन्।
फिल्मको कथा दीपेन्द्र लामा र दीपकराज गिरीले तयार पारेका हुन्। पटकथा तथा संवाद दीपकराज गिरीको रहेको फिल्ममा सुसन प्रजापति र आलोक शुक्लाले छायांकन निर्देशन गरेका छन् भने विशाल प्रजापति छायाँकार छन्। फिल्मको सम्पादन विपिन मल्लले गरेका हुन्।

यसअघि शुक्रबारदेखि नै ‘१२ गाउँ २’ र ‘आ बाट आमा २’ प्रदर्शनमा आइसकेका छन्। ‘छ माया छपक्कै २’ पनि हलमा थपिएसँगै दसैंको अवसरमा तीन नेपाली फिल्मबीच प्रतिस्पर्धा सुरु भएको छ। यसबाहेक अन्य नेपाली तथा विदेशी फिल्म पनि हलमा प्रदर्शन भइरहेका छन्।


प्रतिकृया दिनुहोस्