३१ असोज, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले बडादसैँ २०८३ को अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीलाई सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यको शुभकामना दिएका छन्।
उनले दसैँले पारिवारिक मिलन, सामाजिक सद्भाव र राष्ट्रिय एकतालाई बलियो बनाउने उल्लेख गर्दै बाढी प्रभावितको पुनःस्थापनाका लागि सबैलाई एकजुट हुन अपिल गरेका छन्।
साथै, बाढीमा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारमा समवेदना र घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्।































