Skip
आज : २०८३ आश्विन ३१ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

३० एमबिपिएस इन्टरनेट प्याकेजबारे फैलिएका समाचारप्रति नेपाल टेलिकमको आपत्ति

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ असोज, ३१ गते


Advertisement

काठमाडौं । नेपाल टेलिकमले ३० एमबिपिएस इन्टरनेट प्याकेजसम्बन्धी विभिन्न सञ्चारमाध्यममा प्रकाशित तथा प्रसारित समाचारप्रति ध्यानाकर्षण भएको जनाएको छ।

कम्पनीले वास्तविक तथ्यभन्दा फरक ढंगले समाचार सम्प्रेषण भइरहेको भन्दै त्यसप्रति आपत्ति जनाएको हो।

नेपाल टेलिकमका अनुसार कम्पनीले जारी गरेको रु। ४,९९९ बराबरको एमबिपिएस
इन्टरनेट प्याकेजबारे केही सञ्चारमाध्यममा प्रकाशित समाचारमा तथ्यगत भिन्नता रहेको पाइएको छ।

नेपाल दूरसञ्चार प्राधिकरण, जमल, काठमाडौंले २०८२र०६र३० मा इन्टरनेट सेवा प्रदायकहरूलाई जारी गरेको अनुमतिपत्रका सर्तविपरीत काम भएको भन्ने विषयलाई आधार बनाएर भ्रामक समाचार सम्प्रेषण भएको कम्पनीको भनाइ छ।

टेलिकमले विगतदेखि सञ्चालन गर्दै आएका प्याकेजहरू स्वीकृतिका लागि नेपाल दूरसञ्चार प्राधिकरणलाई पत्राचार गर्दै आएको जनाएको छ।

कम्पनीले २०८२र०६र३० मा अफरका रूपमा सञ्चालनमा ल्याएको प्याकेजबारे प्राधिकरणलाई जानकारी गराइएको र विद्यार्थी अफरका रूपमा सञ्चालन गरिएको प्याकेजसमेत सम्बन्धित निकायलाई जानकारी गराइएको विज्ञप्तिमा उल्लेख छ।

कम्पनीले ३० एमबिपिएस को एटीटीएच प्याकेज तथा रु। ४,९९९ बराबरको सस्तो प्याकेजको स्वीकृति र सञ्चालनसम्बन्धी विषयमा कुनै भ्रममा नपर्न सम्बन्धित सबैलाई आग्रह गरेको छ।

नेपाल टेलिकमले नेपाल सरकारको स्वीकृत नीति तथा कानुनको परिधिभित्र रहेर काम गरिरहेको र कानुन पालनामा सधैँ प्रतिबद्ध रहेको पनि स्पष्ट पारेको छ।

कम्पनीका प्रवक्ता डा। कमल लामिछानेद्वारा जारी विज्ञप्तिमा प्याकेजसम्बन्धी तथ्यलाई सही रूपमा बुझेर मात्रै समाचार सम्प्रेषण गर्न आग्रह गरिएको छ।

 


प्रतिकृया दिनुहोस्