Skip
आज : २०८३ कार्तिक १ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

अटो दुर्घटनामा दुईको मृत्यु, ३ जना गम्भीर

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ असोज, ३१ गते


Advertisement

 

जाजरकोट। जाजरकोटमा अटो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने तीन जना गम्भीर घाइते भएका छन्।

आज बिहान भेरी करिडोरअन्तर्गत जाजरकोट–डोल्पा सडकखण्डको नलगाड नगरपालिका–८ मालुवामा अटो दुर्घटना भएको हो।

रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–११ राडीबाट जाजरकोटको नलगाड नगरपालिका–१२ तल्लुबगरतर्फ जाँदै गरेको लु।प्र।०१–००१ ह ०५२९ नम्बरको अटो अनियन्त्रित भई सडकबाट करिब ६५ मिटर तल खसेको प्रहरीले जनाएको छ।

दुर्घटनामा नलगाड नगरपालिका–९ घरङ्गाका १७ वर्षीय सन्तोष विक र ५५ वर्षीय रमेश विकको मृत्यु भएको छ। घाइते अवस्थामा उद्धार गरी नगर अस्पताल दल्ली पुर्‍याइएका उनीहरूलाई चिकित्सकले मृत घोषणा गरेका थिए।

दुर्घटनामा नलगाड नगरपालिका–२ डाँडागाउँका ३५ वर्षीय प्रेम परियार, वडा नम्बर ३ कड्केका २८ वर्षीय गोपाल परियार र अटो चालक रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–११ चौरका २२ वर्षीय करण परियार गम्भीर घाइते भएका छन्।

दुर्घटनाको खबर पाएलगत्तै इलाका प्रहरी कार्यालयबाट खटिएको टोलीले घाइतेहरूको उद्धार गरी अस्पताल पुर्‍याएको थियो।
दुर्घटनामा परेको अटो घटनास्थलमै रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


प्रतिकृया दिनुहोस्