२६ असोज, काठमाडौं । राति पृथ्वी राजमार्ग आज राति बन्द हुने भएको छ ।
धादिङको गल्छी गाउँपालिका–५ स्थित त्रिशूली नदी किनार क्षेत्रमा सडक मर्मत गर्नुपर्ने भएकाले आज राति ११ बजेदेखि भोलि बिहान ५ बजेसम्म पृथ्वी राजमार्गको उक्त खण्डमा सबै प्रकारका सवारीसाधनको आवागमन बन्द गरिने भएको हो।
जिल्ला प्रशासन कार्यालय धादिङका अनुसार सडक मर्मतका लागि दुवैतर्फ सवारी सञ्चालनमा पूर्ण रोक लगाइनेछ। प्रशासनले यात्रुलाई असुविधा हुन सक्ने भन्दै सम्बन्धित सबैलाई जानकारी गराएको छ।
आवश्यक सहयोग तथा समन्वयका लागि जिल्ला प्रशासनले नेपाल प्रहरीको हटलाइन १०० लगायतका सम्पर्क नम्बरमा सम्पर्क गर्न अनुरोध गरेको छ।
































