Skip
आज : २०८३ आश्विन २६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

ठगी आरोपमा पक्राउ परेकि कांग्रेस उम्मेदवार खड्का छुट्दै, अदालतले दियो यस्तो आदेश

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ असोज, २६ गते


Advertisement

२६ असोज, काठमाडौं । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य पदकी उम्मेदवार विनिता खड्कामाथिको अनुसन्धान थुनाबाहिरै राखेर अघि बढाउन अदालतले आदेश दिएको छ।

आज न्यायाधीश तेजबहादुर खड्काको इजलासले उनलाई हिरासतमा नराखी अनुसन्धान गर्न आदेश दिएको हो।

इजरायलमा केयरगिभरको काममा पठाइदिने भन्दै ठगी गरेको आरोपमा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले खड्कालाई असोज २३ गते पक्राउ गरेको थियो।

उनीमाथि ठगी, आपराधिक विश्वासघात र संगठित अपराधसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको छ।
यस प्रकरणमा १५६ जनाबाट दुई करोड ५० लाख रुपैयाँभन्दा बढी ठगी भएको आरोप छ।

यसअघि भरत चौलागाईंसहित चार जना पक्राउ परेका थिए।


प्रतिकृया दिनुहोस्