Skip
आज : २०८३ आश्विन २६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

पूर्वसांसद विजय पौडेलको निधन

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ असोज, २६ गते


Advertisement

 

काठमाडौं । नेकपा (संयुक्त) का नेता तथा पूर्वसांसद डा. विजय पौडेलको निधन भएको छ। सोमबार दिउँसो कीर्तिपुर अस्पताल पुर्‍याइएका पौडेललाई चिकित्सकले मृत घोषणा गरेका थिए।
अस्पतालका कार्यकारी निर्देशक डा. किरण नकर्मीले प्रारम्भिक जाँचमा विष सेवनका कारण मृत्यु भएको देखिएको जानकारी दिएका छन्।
राजनीतिक जीवनमा लामो समय एमालेमा बिताएका पौडेल माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादीमा आबद्ध भएका थिए। पछि घनश्याम भुसालसँगै नेकपा (संयुक्त) मा सक्रिय रहेका उनी जनता टेलिभिजनका सञ्चालकसमेत थिए।


प्रतिकृया दिनुहोस्