Skip
आज : २०८३ आश्विन २६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

सर्वोच्चका ४ प्रस्तावित न्यायाधीशविरुद्ध उजुरी मागिने

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ असोज, २६ गते


Advertisement

२६ असोज, काठमाडौं । सर्वोच्च अदालतको न्यायाधीश बन्न सिफारिस भएका चार जनाको नियुक्तिअघि संसदीय सुनुवाइ प्रक्रिया अघि बढेको छ।

संसदीय सुनुवाइ समितिले उनीहरूबारे कुनै उजुरी वा गुनासो भए पेस गर्न सर्वसाधारणलाई आह्वान गर्ने निर्णय गरेको हो।

समितिको सोमबारको बैठकले १० दिनको समय दिएर उजुरी माग्ने प्रक्रिया अघि बढाएको सभापति बोधनारायण श्रेष्ठले जानकारी दिए।

यसका लागि कात्तिक ९ गते सार्वजनिक सूचना निकाल्न सचिवालयलाई निर्देशन दिइएको छ।

न्यायपरिषद्बाट सर्वोच्चका लागि सिफारिस हुनेमा डा। रत्नबहादुर बागचन्द, चन्द्रबहादुर सारु, जनक पाण्डे र गोकर्ण डाँगी छन्। अब उनीहरूको नियुक्तिको बाटो संसदीय सुनुवाइ प्रक्रियाबाट अघि बढ्नेछ।


प्रतिकृया दिनुहोस्