Skip
आज : २०८३ आश्विन २६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

कांग्रेस केन्द्रीय सदस्यको मतगणना भोलि बिहान ७ बजेदेखि हुने

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ असोज, २६ गते


Advertisement

२६ असोज, काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिका सदस्यको मतगणना भोलि बिहान ७ बजेदेखि सुरु हुने भएको छ।

केन्द्रीय निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालले बिज्ञप्ति जारी गर्दै गरेको सूचनाअनुसार ललितपुरको बीपी स्मृति भवन, बीपी नगरस्थित केन्द्रीय कार्यालयमा मतगणना हुनेछ।

असोज २३ गते साँझ ६ बजेदेखि सुरु भएको मतदान प्रक्रियाअन्तर्गत प्रत्यक्ष खुलातर्फका केन्द्रीय सदस्यको मतगणना हुन लागेको हो। निर्वाचन समितिले सम्बन्धित सबै उम्मेदवारलाई यसबारे जानकारी गराएको छ।


प्रतिकृया दिनुहोस्