काठमाडौं । गृहमन्त्री सुधन गुरुङ बिमस्टेक बैठकमा सहभागी हुन भारत भ्रमणमा निस्किएका छन्।
आज गृहमन्त्री गुरुङ भारत जानका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका हुन्। बंगालको खाडी बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोग पहल (बिमस्टेक) अन्तर्गत आयोजना हुने बैठकमा सहभागी हुन उनी भारत जान लागेका हुन्।
बैठकमा नेपालसहित सात सदस्य राष्ट्रका गृहमन्त्री सहभागी हुनेछन्। सहभागी हुने अन्य देशमा बंगलादेश, भुटान, भारत, म्यानमार, श्रीलंका र थाइल्यान्ड रहेका छन्।































