Skip
आज : २०८३ आश्विन २६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

सवारीधनीलाई राहत : नामसारी गर्न कार्यालय धाउनुपर्ने बाध्यता हट्यो

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ असोज, २६ गते


Advertisement

२६ असोज, काठमाडौं । यातायात व्यवस्था विभागले निजी तथा सार्वजनिक सवारीसाधनको खरिदबिक्री र नामसारीसम्बन्धी प्रक्रियामा सहजता ल्याउन नयाँ व्यवस्था गरेको छ।

अब नामसारीका लागि सवारीधनी अनिवार्य रूपमा यातायात कार्यालयमा उपस्थित हुनुपर्ने छैन।
विभागका अनुसार पहिलोपटक नामसारी गर्दा डिलरमार्फत गरिएको चेकजाँचलाई मान्यता दिइनेछ।

सवारीसाधन खरिदकर्ताले आवश्यक कागजातसहित उपस्थित भएर नामसारी गराउन सक्नेछन्। त्यस्तै, सवारीधनी उपस्थित नभए पनि बीमा तथा नवीकरण गर्न सकिने व्यवस्था गरिएको छ।

ख्च्क् प्रणालीमा सवारी विक्रेता, वितरक वा कम्पनीलाई आबद्ध गर्न आवश्यक प्राविधिक सहयोग उपलब्ध गराउन पनि विभागले सम्बन्धित कार्यालयलाई निर्देशन दिएको छ।

 


प्रतिकृया दिनुहोस्