Skip
आज : २०८३ आश्विन ३१ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

काठमाडौँ महानगरमा बाइक एम्बुलेन्स सेवा सुरु

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ असोज, ३० गते


Advertisement

३० असोज, काठमाडौं । काठमाडौँ महानगरपालिकाले आकस्मिक अवस्थामा बिरामीलाई छिटो प्राथमिक उपचार उपलब्ध गराउन बाइक एम्बुलेन्स सेवा सुरु गरेको छ।

कार्यवाहक प्रमुख सुनिता डंगोलले आज सेवा शुभारम्भ गर्दै नेपाल एम्बुलेन्स सेवालाई बाइक हस्तान्तरण गरेकि हुन्।

ट्राफिक जामका कारण चारपाङ्ग्रे एम्बुलेन्स पुग्न ढिलाइ हुने समस्या कम गर्न तालिमप्राप्त स्वास्थ्यकर्मी परिचालन गरिनेछ।

उनीहरूले घटनास्थलमै प्राथमिक उपचार गर्नेछन् भने पछि चारपाङ्ग्रे एम्बुलेन्समार्फत बिरामीलाई अस्पताल लगिनेछ।


प्रतिकृया दिनुहोस्