३१ असाेज, काठमाडौं । नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले शनिबार शपथ ग्रहण गर्दै पदभार सम्हालेका छन्।
कांग्रेसको १५औँ महाधिवेशनबाट सभापतिमा निर्वाचित थापाले असोज ३१ गते सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा शपथ लिएका हुन्।
बडादसैँको फूलपातीका अवसरमा उनले पदबहालीसमेत गरेका हुन्।
महाधिवेशनबाट कांग्रेसको २३१ सदस्यीय केन्द्रीय समिति चयन भएको छ। केन्द्रीय समितिका अन्य पदाधिकारी तथा सदस्यलाई भने दसैँपछि शपथ गराइने पार्टीले जनाएको छ।































