Skip
आज : २०८३ आश्विन १८ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

तनहुँका २ हजार ५४८ किशोरीलाई एचपीभी खोप

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ असोज, १८ गते


Advertisement

तनहुँ । तनहुँका दुई हजार ५४८ किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध एचपीभी खोप लगाइएको छ ।

प्रदेश जनस्वास्थ्य कार्यालयका अनुसार, जिल्लाका १० पालिकाका विद्यालयमा अध्ययनरत कक्षा ६ का दुई हजार ५४२ र विद्यालयबाहिर रहेका १० वर्ष उमेरका ६ किशोरीलाई खोप लगाइएको हो ।

जिल्लाका दशवटै स्थानीय तहका २५४ विद्यालयमा खोपकेन्द्र तोकी अभियान सञ्चालन गरिएको थियो ।

व्यास नगरपालिकाका ७३५, शुक्लागण्डकी नगरपालिकाका ४६९, ऋषिङ गाउँपालिकाका ११२, बन्दीपुर गाउँपालिकाका १८६, भानु नगरपालिकाका २१६, भिमाद नगरपालिकाका २३८, आँबुखैरेनी गाउँपालिकाका २२६, घिरिङ गाउँपालिकाका ९२, देवघाट गाउँपालिकाका २२९ र म्याग्दे गाउँपालिकाका १४५ किशोरीले खोप लगाएका छन्


प्रतिकृया दिनुहोस्