Skip
आज : २०८३ आश्विन ३१ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

ओलीको चेतावनी : ‘शत्रुका लात सहने, साथीका बात नसहने काम बन्द गरौँ

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ असोज, १४ गते


Advertisement

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्रका सामान्य असहमति र मतभेदलाई व्यवस्थापन गर्दै आन्तरिक एकता बलियो बनाउन नेता–कार्यकर्तालाई आग्रह गरेका छन् ।

गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका प्रदेश तथा जिल्ला कमिटीका सचिवालय सदस्यलाई भर्चुअल सम्बोधन गर्दै ओलीले संगठनलाई थप सक्रिय बनाउँदै आगामी निर्वाचनको तयारीमा जुट्न निर्देशन दिएका हुन् ।

पार्टीभित्र एकअर्काको आलोचना र असहमतिलाई सहज रूपमा लिनुपर्नेमा जोड दिँदै ओलीले भने, ‘शत्रुका लात सहने, तर आफ्ना साथीका बात नसहने काम अब बन्द गरौँ।’

सानातिना असमझदारी छाडेर साझा संकल्पका साथ एमाले एकजुट भएर अघि बढ्नुपर्ने उनको भनाइ थियो । ओलीले एमालेभित्र समस्या नरहेको दाबी गर्नुभन्दा संगठनलाई थप व्यवस्थित र सक्रिय बनाउँदै अघि बढ्नुपर्ने बताए ।

विरोधीहरूले एमाले विभाजित हुने अपेक्षा गरे पनि पार्टी विचार र संगठनका हिसाबले एकढिक्का रहेको दाबी गर्दै उनले लोकतान्त्रिक अधिकारको रक्षा र आगामी निर्वाचनको तयारीलाई प्राथमिकतामा राख्न निर्देशन दिए ।

‘हामी एउटा मोर्चामा हारेका मात्र हौँ । सत्य हाम्रै पक्षमा छ, त्यसैले आत्मविश्वासका साथ अघि बढ्नुपर्छ,’ ओलीले भने ।


प्रतिकृया दिनुहोस्