काठमाडौं ।विभागीय टोली नेपाल पुलिस क्लबले मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित रनिङ शिल्ड पुरुष भलिबल प्रतियोगिताको उपाधि कब्जा गरेको छ ।
बुटवलको बीआईसिसी सम्मेलन केन्द्रमा आज भएको फाइनल खेलमा पुलिसले सभापोखरी भलिबल क्लब संखुवासभालाई सोझो सेटमा हराउँदै उपाधि जितेको हो ।
पुलिसले २५–२३, २५–२३, २५–२२ को जित निकाल्यो । उपाधिसँगै पुलिसले सात लाख रुपैयाँ पुरस्कार पायो ।
उपविजेता सभापोखरीले तीन लाख ५० हजार रुपैयाँ प्राप्त गर्यो । यस्तै विभागीय टोली एपीएफ क्लब तेस्रो स्थान हासिल गर्यो।































