काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) का कोषाध्यक्ष रवीन्द्र जोशी तथा लेखा अधिकृत सन्जीव पाण्डेलाई थुनामुक्त गर्न सर्वोच्च अदालतले अस्वीकार गरेको छ।
न्यायाधीशद्वय विनोद शर्मा र सुनीलकुमार पोखरेलको संयुक्त इजलासले बिहीबार दुवैले दायर गरेको बन्दीप्रत्यक्षीकरण रिट खारेज गरेको हो।
सीआईबीको हिरासतमा रहेका उनीहरूले आफूहरूलाई गैरकानुनी रूपमा थुनामा राखिएको दाबी गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए। प्रारम्भिक सुनुवाइका क्रममा सर्वोच्चले मुद्दाको फाइलसमेत झिकाएको थियो।
उनीहरूलाई करिब १५ दिनअघि पक्राउ गरिएको थियो। सीआईबीले उनीहरूमाथि म्याच फिक्सिङ, अनियमितता तथा ठगीसम्बन्धी आरोपमा अनुसन्धान गरिरहेको छ।































