१४ असोज, काठमाडौं । इजरायलको तेल अभिभतर्फ उडेको फ्लाई दुबईको विमान हाइज्याकको आशंका उत्पन्न भएपछि साउदी अरेबियामा अवतरण गरेको छ।
विमानमा करिब १८० इजरायली यात्रु सवार रहेको बताइएको छ। उडानका क्रममा दुई पाइलटबीच विवाद तथा हात हालाहाल भएपछि विमानको मार्ग परिवर्तन गरिएको इजरायली सञ्चारमाध्यमले जनाएका छन्।
विमानबाट हाइज्याकको संकेत दिने आकस्मिक कोड प्रसारण भएपछि इजरायली पक्षले उच्च सतर्कता अपनाउँदै दुई लडाकु विमानसमेत परिचालन गरेको थियो।
घटनाबारे इजरायली प्रधानमन्त्री बेन्यामिन नेतान्याहूले सुरक्षा अधिकारीसँग आकस्मिक बैठकसमेत गरेका छन्।
तर विमान हाइज्याक भएको भने अहिलेसम्म पुष्टि भएको छैन। प्रारम्भिक विवरणमा पाइलटबीचको असमझदारी वा प्राविधिक समस्याका कारण आकस्मिक संकेत सक्रिय भएको हुनसक्ने बताइएको छ ।
































