Skip
आज : २०८३ आश्विन १६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

रोनाल्डोबिनै पोर्चुगलको शानदार जित, डेनमार्क ४–२ ले पराजित

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ असोज, १६ गते


Advertisement

काठमाडौं। स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोबिना मैदान उत्रिएको पोर्चुगलले यूईएफए नेसन्स लिगमा डेनमार्कमाथि ४–२ को जित निकालेको छ।

कोपनहेगनमा भएको खेलमा पोर्चुगलका लागि जोआओ कान्सेलो, गोन्कालो रामोस, भिटिन्हा र जोआओ फेलिक्सले गोल गरे। फेलिक्सले खेलको ८७औँ मिनेटमा गोल गर्दै पोर्चुगलको जित पक्का गरेका थिए।

रोनाल्डोको स्थानमा मैदान प्रवेश गरेका गोन्कालो रामोसले कान्सेलोको गोलका लागि पास उपलब्ध गराएका थिए।

डेनमार्कका मिकेल डाम्सगार्डले २३औँ मिनेटमा बराबरी गोल गरे पनि त्यसको दुई मिनेटमै रामोसले पोर्चुगललाई पुनः अग्रता दिलाए।

५३औँ मिनेटमा रास्मुस होइलुन्डले गोल गर्दै खेल २–२ को बराबरीमा ल्याए। त्यसपछि ६७औँ मिनेटमा ब्रुनो फर्नान्डेसको फ्रिकिकमा भिटिन्हाले हेडमार्फत गोल गरेपछि पोर्चुगल ३–२ ले अघि बढ्यो। अन्तिमतिर फेलिक्सले चौथो गोल थपे।

अघिल्लो दिन प्रशिक्षक जर्ज जेसुससँग विवाद देखिएपछि रोनाल्डो टोलीबाट बाहिरिएका थिए। त्यसपछि ४१ वर्षीय रोनाल्डोको अन्तर्राष्ट्रिय करिअरको भविष्यलाई लिएर चर्चा सुरु भएको छ।


प्रतिकृया दिनुहोस्