Skip
आज : २०८३ आश्विन १६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

कांग्रेस महाधिवेशनमा तामझाम रोक्ने नीति, पर्चा–पोस्टर नटाँस्न उम्मेदवारलाई आग्रह

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ असोज, १६ गते


Advertisement

काठमाडौं। नेपाली कांग्रेसले १५औँ महाधिवेशनको प्रचारप्रसारलाई भड्किलो नबनाउने नीति लिएको जनाएको छ।

पार्टीले महाधिवेशनका क्रममा सहरका भित्तामा पर्चा, पोस्टर टाँस्ने तथा अनावश्यक तामझाम गर्ने काम नगर्न उम्मेदवारहरूलाई आग्रह गरेको हो।

आज पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा कांग्रेस प्रवक्ता देवराज चालिसेले महाधिवेशनको प्रचारप्रसारलाई वातावरणमैत्री बनाउने तयारी भइरहेको जानकारी दिए।

उनका अनुसार उम्मेदवारहरूलाई सकेसम्म डिजिटल माध्यम प्रयोग गरेर प्रचार गर्न आग्रह गरिएको छ। परम्परागत शैलीमा पर्चा–पोस्टर छपाएर सहरभरि टाँस्ने अभ्यासलाई निरुत्साहित गरिने कांग्रेसको भनाइ छ।

महाधिवेशनका क्रममा डिजिटल बोर्डमार्फत प्रचारप्रसार गर्ने तयारीसमेत गरिएको प्रवक्ता चालिसेले बताए। उनले उम्मेदवारहरूलाई प्रचार सामग्री छपाएर अनावश्यक खर्च नगर्नसमेत आग्रह गरेका छन्।


प्रतिकृया दिनुहोस्