Skip
आज : २०८३ आश्विन १७ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

नेपालसँगको चारै अभ्यास खेलमा भुटानको हार

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ असोज, १७ गते


Advertisement

कास्की । नेपाल भ्रमणमा रहेको भुटानको राष्ट्रिय क्रिकेट टोलीले पोखरामा खेलेका चारवटै अभ्यास खेल गुमाएको छ।

शुक्रबार भएको अन्तिम टी–२० अभ्यास खेलमा भुटान क्यान–११ सँग १०४ रनले पराजित भयो। क्यान–११ ले दिएको १७७ रनको लक्ष्य पछ्याएको भुटान १७ ओभरमा ७२ रनमै समेटियो।

भुटानका सोनाम चोपेल र आनन्द मोंगरले १५–१५ रन बनाए। क्यान–११ का विपीन शर्माले पाँच विकेट लिए।

यसअघि क्यान–११ ले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १७६ रन बनाएको थियो। त्रितराज दासले ५१ रन बनाए भने कप्तान विपीन खत्री ३८ रनमा अविजित रहे।

भुटानले नेपाल भ्रमणका क्रममा गण्डकी र क्यान–११ सँग दुई–दुई अभ्यास खेल खेलेको थियो। मलेसियामा शनिबारदेखि सुरु हुने आईसीसी पुरुष टी–२० विश्वकप एसिया सब–रिजनल क्वालिफायर ‘ए’ को तयारीका लागि भुटानी टोली पोखरा आएको हो।


प्रतिकृया दिनुहोस्