काठमाडौं । नेपाली कांग्रेसको १५औँ राष्ट्रिय महाधिवेशन आजदेखि काठमाडौंमा सुरु हुँदैछ। महाधिवेशन असोज २२ गतेसम्म सञ्चालन हुनेछ।
देशका विभिन्न जिल्लाका साथै विदेशस्थित जनसम्पर्क समितिबाट समेत गरी सात हजारभन्दा बढी प्रतिनिधि महाधिवेशनमा सहभागी हुने कांग्रेसले जनाएको छ।
महाधिवेशनको उद्घाटन कार्यक्रम काठमाडौंको खुलामञ्चमा आयोजना हुँदैछ। उद्घाटन समारोहमा प्रमुख अतिथिका रूपमा सहभागी गराउन कांग्रेसले पूर्वसभापति शेरबहादुर देउवालाई औपचारिक निमन्त्रणा दिएको छ।
यस्तै, उद्घाटन समारोहमा विभिन्न राजनीतिक दलका शीर्ष नेताहरूको समेत उपस्थिति रहने बताइएको छ।































